एजेन्सी- भारतमा बितेको २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ लाख ७१ हजार २ सय २ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै भारतमा कूल सक्रिय संक्रमितको संख्या १५ लाख ५० हजार ३७७ पुगेको छ । यसैगरी मृतकको कूल संख्या पनि ४ लाख ८६ हजार ६६ पुगेको छ । 

मन्त्रालयका अनुसार भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरूको संख्या ७ हजार ७४३ पुगेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार