काठमाडौँ- आउने बुधवारदेखि देशभरको मौसम बदली भई पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु सक्रिय हुने भएकाले बुधबार बेलुकादेखि शुक्रबारसम्म देशभरको पानी पर्ने सम्भावना रहेको हो । 

शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा बुधवार अलि धेरै पानी पर्ने सम्भावना रहेको छ । त्यसपछि बिस्तारै मध्य हुँदै पूर्वतर्फ सर्नेछ र देशभरि नै प्रभाव पर्नेछ ।

मौसम बदलीका कारण देशका धेरै ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।  

मौसम पूर्वानुमान विभागका अनुसार भोलि भने देशका धेरैजसो ठाउँमा दिनभरि घाम लाग्नेछ ।   

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार