एजेन्सी- नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ । 

क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाग्रत डुंगामा ५० भन्दाबढी यात्रु  थिए । 

नाइजेरियामा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् । दुई साताअघि जीगावा राज्यमा एउटा डुुंगा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार