गीत
सिन्दुरले छेक्यो मायाको बाटो
झल्कियो तिम्रो सिउँदोमा रातो
दुख्दछ साह्रै सम्झिँदा खेरी
छातीको मेरो यो देब्रे पाटो
बाध्यताले छुट्दा भेट नहुँदा केही छिन् पर्खेनौ
जीवनको मोडमा संयोगले भेट्दा मतिर फर्केनौ
घुम्टोले छेक्यो मायाको बाटो
झल्कियो तिम्रो शिरैमा रातो
दुख्दछ साह्रै सम्झिँदा खेरी
छातीको मेरो यो देब्रे पाटो
दोधारमा परेँ भेटौँ कि फर्कूँ, रोकिएँ बिचैमा
हर्षमा थिएँ आँसु भइदिएँ पोखिएँ बिचैमा
पोतेले छेक्यो मायाको बाटो
झल्कियो तिम्रो गलामा रातो
दुख्दछ साह्रै सम्झिँदा खेरी
छातीको मेरो यो देब्रे पाटो
फालेलुङ, पान्थर
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...