१.
जसको सत्तासँग सङ्गत छ पुरानो
अपराधी घरमै छ क–कसले चिन्नु भो ?
न्याय नाङ्गै घर फर्कियो इजलासबाट
भर्खरै लाज छोपिदिएको छ बलत्कारीको
निवस्त्र नजरले उतारेको हो उनको वस्त्र
भिडले लास हेर्यो, चरित्रको कुरा उठायो
२.
हत्या पछि पनि बारम्बार हत्या गरिरह्यो
हत्याराहरू भन्दा पिडक त न्यायालय हो
समयले हामीलाइ यस्तो आजादी दियो
ढोका खोल्यो खुट्टामा साङ्लो बाँधी दियो
टाउकोहरूले टाउकालाई सर्वस्व मानी रहे
शिखरसम्म पुग्नलाई खुट्टाले लगानी दियो
अझैपनि अँध्यारो्मा निस्सासिइ रहेका छन्
उज्यालोले ज–जसलाई माटो बनाई दियो ।
कोहलपुर, बाँके
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...