काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)को स्वास्थ्यअस्वस्था सुधार आएको छ । आइसियुमा राखेर उपचार भइरहेका उनलाई हिजो सधारण वार्ड सारिएको हाे । 

११ गते सुकेधारास्थित आफ्नै घरमा रहेको बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई मष्तिष्कघात भएको अस्पताल स्रोतले बताएको छ । 

हाल उनको स्वास्थ्यअवस्था सामान्य हुँदै गएको कवि चन्द्रवी तुम्बापाेले जानकारी दिए ।

आइतबार उनको स्वास्थय स्थितिबारे जनकारी लिन कवि बिमला तुम्खेवा, कवि स्वप्लिन स्मृति,  कवि चन्द्रवीर तुम्बपो, याक्थुङ लेखक सङ महासचिव टङ्क सेत्लिङ लगायतको टिम ओम अस्पताल पुगेको थियो । चिकित्सकका अनुसार काइँलालाई अब केही दिन घरमै आराम गराई फिजियो थेरापी गराउनु पर्ने छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...