काठमाडौँ – साहित्यकार तेजराज खतिवडा (तेराख) को निधन भएको छ । बुधबार दिउँसो उनको ७८ वर्षको उमेरमा निधन भएको हो ।
श्वासप्रश्वास तथा ढाँडको समस्या भएपछि उनलाई बिराट नर्सिङ होम बिराटनगरमा भर्ना उपचार गराइरहेका उनको दिउँसो साढे १ बजे निधन भएको हो ।
श्वासप्रश्वास तथा ढाँडको समस्या भएपछि उनलाई तीन दिन अघि बिराट नर्सिङ होममा भर्ना गरिएको थियो ।
२००१ सालमा झापाको शान्तिनगरमा जन्मिएका उनका दर्जन बढी कृति चर्चित छन् । नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रूपमा परिचित तेराखको ‘सर्वजा’ उपन्यास, काव्य–कविता प्रिया (खण्डकाव्य), प्रिय शान्तिनगर (खण्डकाव्य), अलपत्रेका फूलहरू (कविता संग्रह), पश्चिमी हवा प्रकाशित छन् ।
त्यस्तै, कथासंग्रह सिमीको बोट, मेको प्रेम, निबन्धमा ढाडेका नाकमा घिऊ, म आगो र पानीहरु, नाटकमा अझै यहाँ उस्तै छ, टेस्टट्यूब बेबी, उपन्यासमा रातको बार बजे, सर्वजा, वस्थल, वाङ्मयमा महिलाहरुमा झापालीको सन्देश, गोल चिन्तन (विज्ञान दर्शन), खोजमा महानन्द दर्पण (भाषाशास्त्री महानन्दको परिचय), मय विधाको प्रस्तावना प्रकाशित कृति हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...