लेख्दा लेख्दै थाकेको कुरा कलमलाई सोध
कति गहिरो हुन्छ लागेको चोट मलमलाई सोध
जीवनलाई सुन्दर रूप दिन कति कठिनाई छ
गलेर पिटिएर स्वरूप बनिने फलामलाई सोध ।
जिन्दगी बगिरहने खोला जस्तै हो
जिन्दगी चुहिरहने झोला जस्तै हो
खै कसले कति बुझ्यो जिन्दगीलाई
जिन्दगी घोँचिरहने सोला जस्तै हो ।
मेरा सपनाहरू आज माटोसँगै रूँदैछन्
बिपनाहरू भत्केको बाटोसँगै रूँदैछन्
पार गर्नु थियो मुक्तिको गहिरो सागर
आकांक्षाहरू घाउको पाटोसँगै रूँदैछन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...