काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा साहित्यकार बैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ । 

मस्तिष्कघातको शिकार भई शुक्रबार काठमाडौँको ओम हस्पिटल भर्ना गरिएका काइँलाको स्वास्थ्यमा सुधार आएको हो । अस्पताल स्रोतकाअनुसार, अहिले उनको अवस्था सामान्य रहेको र थप परीक्षणहरू भइरहेको छ । 

उनको उपचारमा सिनियर कनस्ल्टयान्ट डाक्टरहरू विश्वनाथ कोइराला, कृष्ण ढुगाना, रुपेशराज जोशी, प्रमेशसुन्दर श्रेष्ठ, सुबोधसागर ढकाललगायत संलग्न छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...