झापा धरमपुर निवासी कृष्ण काश्यप पेसाले सरकारी जागिरे हुन् । विगत दुई दशकदेखि गजल, कविता लेखनमा सक्रिय छन् । उनको 'नयनभित्र तिम्रो तस्वीर' गजल सङ्ग्रह पनि प्रकाशित छ ।
धनीको चिहान पनि जस्तो कि चिहान छैन
गरिब मर्यो कहाँ पुरियो नामोनिशान छैन।
प्रकाशसँग दुश्मनी भयो लाटाेकोसेरोको
जसलाई उज्यालोमा देख्छु भन्ने ज्ञान छैन
तीर्थ जानेहरू पनि दुर्घटना परेपछि
पक्का भयो अब यहाँ कुनै भगवान छैन
यो शहरले मलाई हरेक साँझ सम्झन्छ
किनकी बाँकी नभको एउटै दोकान छैन
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...