काठमाडौँ – नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजनाको गरेको राष्ट्रिय कविता महोत्सवमा भाेजपुरकी कविता राई प्रथम भएकी छन् । प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा हरेका वर्ष आयोजित हुने महोत्सव यसपटक भने कोरोना महामारीका कारण भर्चुअल पद्धतिबाट भएको हो ।
महोत्सवमा राईको देशको नक्सा शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको हो भने धादिङकी अमृता स्मृतिको डढेलोपछि पनि वसन्त आउँछ कविताले द्वितीय स्थान हासिल गरेको छ । त्यस्तै ताप्लेजुङकी सविता बरालको आमा म आएँ अब, बर्दियाकी निरञ्जनकुमारी चन्दको युगीन प्रतिध्वनि तथा नुवाकाेटका प्रकाश सिलवालको बोधिसत्वको खोप कविताले तृतीय स्थान हासिल गरेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...