काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवको कविता वाचन आज हुँदैछ । 

प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा हरेक वर्ष सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव यसपटक कोभिड–१९ का कारण भर्चुअलरूपमा सञ्चालन गरेको हो ।

प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सवका अवसरमा आव्हान गरिएको पूर्व सूचनामा प्राप्त प्रतियोगी कवितामध्ये मूल्यांकन समितिको छनोटमा परेका ४१ कविता वाचन हुनेछन् ।

वाचनका लागि १० प्राप्तांक कायम गरिएको तथा वाचनअघिको मूल्यांकनलाई वाचनको प्राप्त अंकमा योग गरी परिणाम घोषणा गरिने प्रतिष्ठानले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...