काठमाडाैँ - उदारवादी कला संगठन (Acoustic-अkshar), दार्जिलिङले आउँदो आइतबार 'भारत-नेपाल कवि सम्मेलन, भाग -२' अनलाइन माध्यमद्वारा आयोजना गर्ने जमर्को कसेको छ। भारत र नेपालका उर्बर युवा कविहरूले यस सम्मेलनमा, अनलाइन माध्यमद्वारा अफ्नो कविताहरू प्रस्तुत गर्नको साथ-साथै आ-आफ्नो मन्तव्यहरू पनि एका-अर्का माझ राख्नेछन्।
उदारवादी कला संगठन एउटा गैर-सरकारी संगठन हो, 'Acoustic' अर्थात् ध्वनि अनि 'अkshar' अर्थात् शब्दांश हो, जस्को समागमले कुनै पनि भाषा वा संस्कृतिलाई सामजिक निरूपण दिन्छन्। यसैले प्रथाहरूदेखि पर सर्दै, Acoustic-Akshar ले कलाको अध्यात्मिक स्वरूपलाई उजागर गर्ने संकल्प गरेको हो।
कलाको कुनै पनि रूप जस्तै संगीत, कविता, कथा, अभिनय र अन्य-अन्य कलाहरूको समागम नै Acoustic-Akshar हो। समाजलाई कलाको माध्यमले एक सुत्रमा बाँधेर अघि बढ्नु नै हाम्रो सपना हो। कलाको विभिन्न स्वरूपहरूलाई उजागर गर्न अनि आउँदो कलाकारहरूलाई प्रोत्साहित गर्न उदारवादी कला संगठनले समय-समयमा विभिन्न कार्यक्रमहरू आयोजन गर्दै आएको छ।
यहि कार्यक्रमहरूको शृङ्खलामा 'भारत -नेपाल कवि सम्मलेन' आउँदो आइतबार (जुन २०) भाग-२ को आयोजन गरेको हो, कार्यक्रम गुगल-मिटद्वारा हुनेछ। पहिलो अंक जुन १३ अर्थात् अघिल्लो आइतबार भएको थियो।
कार्यक्रमको भाग-२ का कविरूमा; नेपालबाट मोहित जोशी, रसिक राज, सुरज परजुली, प्रभात तिमिल्सिना र राजु झल्लु प्रसाद रहनेछन् भने भारतबाट कल्यानी राई, आदर्श रुम्बा, सलोन लेप्चा, कपिल रोका, लेखनाथ छेत्री, एन बी घिमिरे, राकेश क्रान्तिकारी र लुबिना कृतिकाले आ-आफ्नो प्रस्तुतिहरू राख्नेछन् भने कवि राजा पुनियानी विशिष्ट अतिथिको रूपमा उपस्थित हुनेछन् ।
कार्यक्रमको भाग-१ मा नेपाल राष्ट्रलाई प्रतिनिधित्व गर्दै दधीराम ढकाल, दीपा दाहल, बन्दना राई, सुमन लिङ्देन, कृष्ण शर्मा अनि रोशन परियारले प्रस्तुति राखेका थिए भने भारत बाट प्रविन्ता भुजेल, कृतिका शर्मा, नारायण काफ्ले, नमिता शर्मा, प्रकाश कुइँकेल र नगर बसिस्तले आ-आफ्ना प्रस्तुतिहरू राखेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...