काठमाडौँ । अध्यापक, लेखक तथा द मार्जिनका स्तम्भकार मलिसा याक्थुङ्बालाई उनको निबन्धात्मक कृति केयुक्ना नु आयुक्नाका लागि कियाचु किरात सिरिजङ्गा पुरस्कार प्रदान गरिने भएको छ।
सिरिजङ्गा सिहं थेवेको जन्मजयन्तीको अवसरमा वितरण गरिने पुरस्कार याक्थुङ्बाको केयुक्ना नु आयुक्नालाई दिइने निर्णय भएको किरात याक्थुङ् चुम्लुङ् संघीय महासचिव निरन्ती तुम्बापोले जानकारी दिए।
पान्थरमा रहेर लेखनमा सक्रिय याक्थुङ्बा निबन्ध तथा यात्रासाहित्यका सफल साहित्यकार हुन्। उनको केयुक्ना नु आयुक्ना निबन्धसंग्रहका अलावा लिम्बू एवं नेपाली भाषामा दर्जनौँ कृति तथा विभिन्न पत्रपत्रिकामा फुटकर रचना प्रकाशित छन्।
लिम्बू भाषा, लिपि तथा साहित्यमा सक्रिय याक्थुङ्वा युक्ना अकेन्द्रवाद साहित्य अभियानका परिकल्पनाकारसमेत हुन्।
सिरिजङ्गा सिहं थेवेको जन्मजयन्तीमा दिइने पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। यसवर्ष थेवेको ३१८ औँ जन्मजयन्ती हो।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।
लेखकबाट थप...