गणेश लामा आँसु सचेत र प्रतिभावान कवि हुन् । 

तिम्रो पार्टीको झण्डा र चुनाव चिह्न लिएरै आऊ
बचेकुचेका समाजवाद साम्यवाद खै के–के वाद 
सक्छौ पढाएर जाऊ नेता जी 
तर म र मेरो परिवार दुई दिनको भोका छौँ
कृपा गरेर राहत दिएर जाऊ !
 
तिम्रो पार्टीलाई भोट हाल्नु नहाल्नु मेरो मताधिकार हो 
त्यो अधिकार सुरक्षित गर्न 
यो बेला मेरो सामर्थ्यले भ्याएन त्यसले नेता जी 
तिम्रो राजनीति पढाऊ या कुटनीतिक पढाऊ 
मेरो परिवार नुनपानी पिएर बाँचिरहेछ
कृपा गरेर राहत दिएर जाऊ !

दैनिकी मेरो श्रमले घरको चुलो बलेथ्यो 
बिहान साँझ खोलेफाडो जसो तसो परिवार चलेथ्यो
तिम्रो पार्टीको सिद्धान्त पढ्न भ्याइन सायद त्यो समय
यो बेला फुर्सदमा छु लकडाउनले 
जो जति छ तिम्रो पार्टीको सिद्धान्त पढाएर जाऊ 
भोको पेट ओछ्यानमा नानीहरू निदाइरहेछ
कृपा गरेर राहत दिएर जाऊ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गणेश लामा ‘आँसु’

लेखकबाट थप...