कविता विश्वविद्यालयका अवैतनिक प्राध्यापक मानिने चन्द्रविर तुम्बापो सचेत र प्रतिभावान कवि हुन्।

शून्यताको कम्बल फालेर 
एकपटक ख्वाक खोक्छ
लगत्तै माथिल्लो घर खोक्छ
लगत्तै तल्लो घर खोक्छ
लगत्तै पल्लो घर खोक्छ
लगत्तै वल्लो घर खोक्छ
चराहरू चिर्बिरचिर्बिर गर्न थाल्छन्
हलो, कुट्टो र कोदालोसँग गाउँ निस्किन्छ
कलकारखानाहरू चल्न थाल्छन्
सडक हुइँकिन थाल्छ ।
बिस्तारै सहर हल्लाले भरिन थाल्छ
वातावरण अशान्त हुँदै जान्छ ।
ठिक यहीँबेला किनारामा उभिएर
अनागरिक मानिसले 
सलाइ कोर्छ र सल्काउँछ चुरोट
हे ! तानाशाह नठान्नु त्यतिन्जेलसम्म
हाम्रा हातहरू खाली हुनेछन् ।
ओ तानाशाह त्यतिन्जेलसम्म
हाम्रा हातहरू हतियार भइसक्छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

चन्दवीर तुम्बापो

लेखकबाट थप...