काठमाडौँ । लामो समयदेखि नेदरल्याण्ड्सको द हेगमा परिवार सहित  बस्दैआएका इन्जिनियर डीपी शर्मा मैनालीको कर्णप्रिय मार्मिक गित सार्वजनिक भएको छ ।

आफ्ना अभिभावकहरुले आफ्ना सन्तानलाई कतिको अभिभावकत्व निभाएका हुन्छन र हुनुपर्छ भन्ने संदेश शर्मा द्वारा रचना गरिएको मार्मिक गीतबाट झल्को दिएको छ । बाबा र आमाले सन्तानका लागि गरेको त्याग र सन्तानका लागि  आफ्ना अभिभावकहरुले दिएको बिर्सन नहुने अविस्मरणिय ज्ञानहरु  उक्त गीतमा दिइएको छ । उक्त मार्मिक गीतको  प्रेम उप्रेतीले म्युजिक कम्पोज गरेका हुन भने कर्म ग्याल्चेनको स्वरमा पबित्रा र बिनुसाले महिला स्वरले साथ दिएका  छन्  ।

प्रवासमा नेपाली भाषा र संस्कृतिको प्रवर्धन र बिकासमा विभिन्न क्षेत्रमा आवद्ध शर्मा अन्तराष्ट्रिय नेपाली कलाकार समाज ईनास र नेपाल म्युजिक फाउण्डेशन संग स्थापना कालदेखिनै निरन्तर संलग्न रहेका छन् ।

नेपाली भाषी इन्जिनियर्स एसोसियसनका अध्यक्ष समेत रहेका शर्मा डेल्फ युनिभरसिटी नेदरल्याण्डका प्रशिक्षक र अनुसन्धानकर्ता पनि हुन् । झापा जिल्ला स्थाई बसोबास भएका शर्मा अमृत साइन्स क्याम्पस काठमाडौँबाट विज्ञान विषयमा अध्ययन गरेर वैज्ञानिक अनुसन्धानको अध्ययनका लागि नेदरल्याण्ड्स गएका थिए ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार