१. मेरी कविता
पर्चाबाँड्दा र पोस्टर टाँस्दाटाँस्दै
भागदौडमा पक्राउ परी ।
२. मेरी कविता
हातमा प्लेकार्डबोकेर
जुलुसमा नारा लगाउँदालगाउँदै
पुलिसको लाठीचार्जमा सख्त घाइते भई ।
३. मेरी कविता
छाताचोकमा भाषण गर्दागर्दै
गिर तार भई ।
४. मेरी कविता
भानुचोकमा कविता पाठ गर्दागर्दै
प्रतिबन्धित भई ।
५. मेरी कविता
अब लामो निर्वासन र कठोर कारावासबाट
बल्ल मुक्त भई/रिहा भई ।
६. मेरी कविता
आन्दोलन हो/जुलुस हो,
आफैमा एउटा क्रान्ति हो ।
७. मेरी कविता
बन्धन, मुक्ति र दासत्वको विरोधमा
विद्रो हो/चीत्कार हो/इनक्लाब हो ।
८. मेरी कविता
आडम्बर होइन/स्तुतिगान होइन,
चाकडी, चाप्लुसी र झूटो प्रशंसा होइन
ताली र अन्धो समर्थन पटक्कै होइन ।
९. मेरी कविता
भोकको ज्वालामा हुन्छे/ठेलावालको ठेलामा हुन्छे,
खाते बालकको झोलामा हुन्छे/सुकुम्बासीको बस्तीमा हुन्छे
व्यथा, सुस्केरा, पीडा र रोदनमा हुन्छे ।
१०. मेरी कविता
भीडमा हुन्छे/कोलाहलमा हुन्छे,
जुलुसमा हिँड्छे/सडकमा सुत्छे/झोपडीमा बस्छे,
मेलामा डुल्छे/हाटबजारमा घुम्छे ।
११. मेरी कविता
माग हो/आह्रवान हो/अपिल हो
मेरी कविता
बिन्तीपत्र होइन/अभिनन्दन होइन,
………………………………..
मेरी कविता
महँगी र मूल्यवृद्धिकोविरोधमा आवाज हो/स्वर हो,
दमन र अत्याचारको विरोधमा दरिलो मुठ्ठी हो/हुङ्कार हो ।
१२. यस बेला मेरी कविता अनशनमा छे,
आफ्नोमाग पूरा नहुन्जेल अनशन जारी राख्दछे ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...