लाल कुमार चाम्लिङ राई

आजकाल
सहर रित्तोझैँ छ
सहर अलिनो छ
सहर उराठलाग्दो छ
बुझ्यौँ नि,
सहर हिजो-अस्ति जस्तो छैन ।

चरिले गुँड छाडेपछि 
चकमन्न बनेको रुखझैँ
चकमन्न छ सहर
तिमिले छाडी गएपछि ।

रुखलाई थाहा छैन
अर्को सिजन चरी आउने हो या होइन
आएर पनि त्यही रुख
रोजाइमा पर्ने हो कि होइन
अनविज्ञ छ बिचरा रुख
म जस्तै, बिचरा !!

तर,
रुख ठिङ्ग उभिइरहेको छ
जहाँको त्यही चरिलाई कुरेर
जसरी म थुप्रिरहेको छ सहरको एक कुनामा
तिमिलाई कुरेर ।

रुखले सोच्दो हो
वसन्त आउनेछ सँगै हरियाली पनि
र, आउनेछन् गीत गाउँदै चरीहरू
उसै गरी मनले बेला-बेला सोच्दछ
फेरि फर्की आउने हाम्रा ती रङ्गिन दिनहरू
सहर हाँसेर बाचेका दिनहरू । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार