नेपाली कविता लेखनको सुरुवात पृथ्वीनारायण शाहको नेपाल एकीकरणसँगै भएको पाइए पनि नेपाली भाषाले लेख्यरुप पाउनुभन्दा अघि प्रचलित लोकगीत, लोकगाथा, भजन, बालुन आदि नै कविताको प्रारूप थियो । लोकजीवनमा प्रचलित लोकगीत, लोकगाथा, गाउने र मनोरञ्जन गर्ने प्रचलनले नेपाली कविताको विकासमा मद्दत पुर्याएको हो । नेपाली वाङ्मयको विकास अठारौँ शताब्दीबाट बढी प्रभावित भएको पाइन्छ ।
नेपाली भाषामा फेला परेको अहिलेसम्मको पुरानो कविता धादिङका कवि सुवानन्द दासको 'पृथ्वीनारायण (राजभक्तिकृत) हो । वीरगाथामा आधारित यो कविता वि.स. १८२५ आसपास रचना गरिएको मानिन्छ । सुवानन्द दासबाट थालिएको नेपाली कविता विकासक्रमले भक्ति धारा, शृङ्गारिक् धारा, शास्त्रीय-परिष्कारवादी धारा, स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा हुँदै समसामायिक धारासम्मको बाटो तय गरिसकेको छ ।
प्रस्तुत छ, नेपाली भाषाकै प्रथम कविता - 'पृृथ्वीनारायण शाह (राजैभक्तिकृत)'
…………………….
………………….को कसार है
सजाई सपना भया …………….
का दरिसन विसेस्वरका पास है
पाँच………..वेगि दरिवार है
कम्मर कटारी भीरि ढाल तरवार है
ईस्वरको डोर लागि अब जाम्ला कासि है
ल… निसाना भया दौडि भया आसवारी है
काटी कुटी कटहर बट……….
……..कि चौकि तर उतरर्ला पार है
मध्य पठान बोली के कौन्या भाति
………..कौन्या आयो आदमि है
कहिये जो गंगा पुनि ………..
……प्रतापि राजा जो पृथ्वीनारायण साहि है ।
गंगामा जो डुबुल्की लिइ मणिकर्णिकामा अस्नान गरि
विसेस्वर जल ढाली कुसासन चौकि बसि
माथमा मण्डल छाई पिण्ड परधान है
तरपन……..कंचनको दान है
होम जग सतरुद्री दिया गजदान है
त्रिपटि ब्राह्मनलाई भोजन था…….
…….षाड पकवान्न है
वैठी राजै आफू सिंहासन खान्न पान है
कालु पाण्डे, भान्नु जैसी वाहुने नानी मन्तरि वोलाव है
वरथोकि भारदारि जेठा बुढा सरदारी
पाचइ परमेस्वरि सांराम उठावै है
भुमराको भेस गरि सुनई लुटाव है
छेत्रीको करम गरि पाप छुटाव है
कोटिलिङ कोटि टेकुकि ढोका छेकु
पशुपति पुजा गरि तव लाम्ला पाति है
पुरवकि षानि पनि नेपालकी सुनषानि
सर्वनरपुण्य दानी छुटि दान मान है
तनहुँले घट लुज्यो पालपाले मुटु मिज्यो
कस्केलि उदेषयो पर्वते विलषयो
छलियो पियुठानि है
अब जाउला निलकन्ठ सिमु क्षेत्र पसुपति
त्लाउ भैचन् वागमति गोकर्ण गुज्यास्वरि
विष्नुमति व्रत है
मध्यानकि मनोधरि सवेर अस्नान गरि
जल तिल कुस गरि कञ्चनकि झारि धरि
कवल पहुप सारि दुहु बाहुलि कर जोरि
तलेजु बुझाउ है
आजिपुत्र पारी जात्रा षंजिकमा महिक सुत
मात्र चनद गन्ध धुप दिपक नैवेद चढाव है
चौडंडिका साँध लागि हेटुडाको जगात षाइ
डिल्लीको मोहर ल्याइ नगर पाटन मिचिकन
रजाइ चलाव है
पुर्वको काम साँधि सुगुद सुवइ राधी
ज्यामिर बधुक साँधी देसको तारको बाजि
मर्दको महाराजि सुज्र्याकृर्णि जैस्व
राजै लिया रुप है
लहुरि नेपाल गइ दुदकोसि सााधलाई
ल्याया गजमोति है
झिल्लिमिल्लि तरवार विज्जुलिकी जोति है
गोकुल पुग्यो नुवाकोट कृष्ण अउतारि है
घानमा लाग्यो वान पन्ध्र सय गिंडा परे
बर बटि सति चले धेरै लामु डांडा है
नुहरि तुरहि बाजे भेरि तोप कर्णली है
झिना भाmग करकाही फादा फादा लरकाही
देउघाट जाइ राजै माच मंसवार है
नेपालकी सिनकी लुटि मंरातको हिले भुटि
पाल्पाको ल्यउ हिंग जिरो रिसिंगको ल्याउ पिरो
तनहुँको भातसित भीर्काेटको दालसित
कञ्चन कटौरा भरि स्वर्णका थलिया भरि
अष्टदल चौकि बसी गंगाजल झारी भरी
पुरव मुहुडा गरि महाराजको जिउनार वनावा है
षानु साहि दाजुभाइ दरजनी मान है
खानु षाहि चित्त जोर तनहुका तंग तोडी
आफू त नेवा—या जाति बोल्छ त ललित पारि
आफु त गजमुकुटु तंरो ता बलियो मुटु
नाम रह्या गजानि धरम तपरे तरा भरलेते
नुगामा सन्ताप सह्या जिवको येकलो भया
धनको दुवलो भञा भोकको भोजनै नहिं
काम करुँ दाहि नाहिं वतयेको कर्म नाहिं
ठंडी सं वस्त्र नाहिं राजैभक्ति कृति जानि
लाउन्या सुवानन्द दास है :
(नोट: नबुझिएका शब्दहरूलाई ...गरि खालि छोडिएको छ ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...