हावामा आफ्नै गति पछ्याएर
उडी रहेको सिमलको भुँवा
त्यसैलाई निसानी बनाएर दगुरेँको
सिवीको लहरा जस्तो बाटो
अम्लिसोको सिट्टाले घोचेको पाइताला
थकान लाग्दा बिसाउने तकसङ उकालोको खामहिम ।
सप्पै सप्पै सप्पै याद भए
अथवा भए अतीत ।
यति धेरै किन आउँछ
बिर्सि जानेहरुको सम्झना ?
केही त मसँग संग्रहित छन् ।
जस्तो तिमीले
जतनसित गासिदिएको गिठ्ठाको लहराले
मेरो चुँडिएको फित्तावला चप्पल
खेतको आली ताच्दा लगाउने पञ्जारगम्बुट
रुपसाइडमा मैले बोकी हिन्ने क्याटिस्रमटेङ्ग्रा ।
केही त मसँग सुरक्षित छन्
जो जो तिमीसित सम्बन्धित छ ।
जब देख्छु झर्ला जसरी
हावामा हल्लिरहेको फूल
अथवा देख्छु निष्पट्ट अँध्यारोले
निल्न आटेको आधा जून ।
त्यति बेला तिम्रो।
सुर्ता यस्तरी बड्छ
कि मानेको पात माथि असिना झरे जस्तो बन्छ मुटु।
ककफाइटमा जितेर
तिमीलाई उपहार दिएँको डिपगोली
साटोमा तिमीले बनाएर दिएको
पहेँलो रिवनको गुलाबी फूल
बाटोको ढुङ्गाभरी डल्सिङ ढुङ्गैले लेख्दै हिँडेको
तिम्रो नाउँसँग जोडेर मेरो नाउँको पहिलो अक्षर
भेट् हुँदा खपी नसक्नुको लाज ।
सप्पै सप्पै सप्पै संकलित छन्
यादहरुको संग्रहमा ।
घरको चेप चेप डुलेर
कोही बेला असुब खबर भुनभुनै बस्छ मौरी
खिड्कीको पल्लाबाट छिरेर जून
खोतली बस्छ तिम्रो तस्विररचिट्ठी
मन गाइ बस्छ बेचैनी समेटेर उराठ लाग्दो पकन्दी ।
यो सुर्ता यति घाती छ कि
जो मलाई सन्चोसित बाँच्नु दिदैँन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...