भकारी 'भ' को छोरो र बुढो 'य' को बाबू राम्रो 'म' हेर्दा त्यति खाइलाग्दो छैन तर आफुमा यति रबाफ र घमण्ड छ, अनि सोच्दछ कि - 'सिसाले ढुङ्गा फोर्न सक्छु ।'
आजको समाजमा राम्रो म त धृष्टता, कटुभाषी, निष्प्रभावी, कसुर र कान्तिहीनको संज्ञा दिन्छु । छोरो र बाबुलाई फुर्ती देखाएर शासन जमाएको राम्रो म को मैले छातिमा प्रहर गरेको छु । राम्रो म अक्षर आज हाँडी घोप्टे प्रवृत्तिको भएको छ ।
धेरै अक्षरहरुको वरियाँत बर्कत लगाएर असरल्ल र जर्जर बनाई म अक्षर अगाडिको राम्रो शब्द हटाउन चाहन्छु । जनार्दन भन्दा राम्रो बन्नै सकिन्न भने 'म' कसरी राम्रो भयो ?
अधिनस्थ नभई स्वजन भएको भएता पनि उसलाई अहिले स्वजनबाट नै दुर्दशा बनाई लाञ्छना लगाउन खोजेका छन् । राम्रो म यति अनिष्ठ लाग्छ कि जसलाई श्रीहीन बनाएर सबै अक्षरमा 'म' प्रति विभत्स गराऊँ ।
आफू धरै राम्रो भन्ने म, त कतै मेरा चक्षुबाट उद्दण्डको ज्वालाले खाक बन्ने पो हो कि !
म खान्छु । म लाउछु । म कमाउछु । म गर्छु ।
हा हा हा...
मलाई म यस्तो बदख्वाइँ गर्छु कि बरु म 'म'को घनिष्ठ दौतरिलाई पनि अनिष्ट पार्ने शत्रु बनाइदिन्छु किनकि म अक्षर आफैंमा नराम्रो त छैन तर आचरण र मति भ्रष्ट छ ।
बोक्रे भलादमी आडम्बर, तागत, अहम,तुजुग, देखावटीबाट लोकप्रियता र प्रभुत्व र शासन जमाई बसेको मलाई म उपहास गर्छु ।
मान्छेको अतित न संविधानको धारा हो, न अप्रकाशित पुस्तकको पाण्डुलिपि, जसलाई संशोधन गर्न सकिन्छ ।
जिब्रो एउटा यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।
सर्वव्यापी र सर्वशक्तिमान बन्न चाहन्छौं भने अरुको आलोचना हैन सम्मान गर्ने गर ।
बगैंचाका फुलबाट मुस्काउन सिक । नभमा भएको बादलबाट गम्भीरता सिक । नगल्ने र नथाक्ने पहाड अनि समुन्द्रबाट प्रतीक्षाभित्रको धैर्यको भाव सिक । चराचुरुङ्गीका चिरिबिरिबाट उनीहरुको जिवनको कथा सिक । समुन्द्रतर्फ बहेका नदीबाट मिहिनेत र आत्मविश्वास सिक । शुष्क प्रकृतिबाट निरसता सिक । माहुरीबाट एकता सिक । 'म' बाट नै बनेको शब्द आमाबाट धेरै कुरा सिक ।
सरलता,अनुशासन र स्वाभिमानकासाथ बाच्न चाहन्छौ भने तिमी आफुमात्रै राम्रो हैन सबै आ-आफ्नै ठाँउमा राम्रो र महत्त्वपूर्ण छन् भन्न सिक ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...