राेल्पा - सुनिल स्मृति साहित्य महोत्सवको दोस्रो दिन ‘संसदमा सर्कस’ शीर्षककाे सम्पन्न भएकाे छ । कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य राजकुमार कुँवरलाई पत्रकार नवीन लोचनले प्रश्न गरेका थिए ।
कुँवर जनयुद्धका क्रममा बन्दुक बोकेर लडाईमा हिँडेका लडाकु हुन्, यसक्रममा उनको खुट्टा अपांग भएको थियो। उनी घाइते-अपांगको प्रतिनिधित्व गर्दै राष्ट्रिय सभा सदस्य बनेका थिए । लोचन पनि ‘जनमुक्ति’ सेनाको रूपमा काम गरेका व्यक्ति हुन् । उनकाे ‘मंगलसेन बटालियन’मा दुवैको संग्लनता रहेको थियो ।
कार्यक्रममा उनले संसदीय व्यवस्था’ राज्य सन्चालानको प्रक्रिया हो भनी धारणा राखेका थिए । उनले भने, 'हरेक देशको आ-आफ्नै राज्य सन्चालनको प्रकिया हुन्छ । कम्युनिष्टहरूले यस प्रक्रियालाई ‘समाजवादी व्यवस्था’को नाम दिएका छन् । ‘संसदीय व्यवस्था’लाई ‘पूंजीवादीहरूको व्यवस्था हो’ भन्नेहरू पनि छन् । ‘संसद’ भन्नासाथ सकारात्मक-नकारात्मक धारणाहरू व्याप्त छ । र सर्कस भनेको ‘खेल हेर्ने जाने’ भन्ने बुझिन्छ ।'
संसदीय व्यवस्था ठिक हो कि होइन ? या, ‘संघियता’ नै गलत हो रु ‘गाउँगाउँमा राजा पाल्नु भन्दा एउटा राजा पाल्नु ठिक हो कि’ भन्ने बहस किन चलिरहेको छरु संसदीय व्यवास्था भड्किलो एवं खर्चिलो हुँदै गएको परिदृश्यमा जनताका वास्तविक समस्याहरू सम्बोधन भएका छन् त ? नेपालको ‘संसदीय व्यवस्था’ ‘सर्कस’मा परिणत हुनुका कारणहरूको बहसमा खोजी भएको छ ।
जनयुद्धले प्रतिपादित गरेको सिद्धान्त र विचार वर्तमान समयमा आइपुग्दा एक ठाउँमा आइपुगेको कुँवरले बताए । “आन्दोलनको प्रक्रियाले हामीलाई यहाँ ल्याइपुर्याएको हो, वैज्ञानिक समाजवादी व्यवस्था भन्दा बाहिर हामी जान सक्देनौं”, उनले अगाडि भने, “व्यवस्था ठिक कि बेठिक भन्ने पक्षमा हामी छैनौं । जनताको हकहितका लागि गर्नुपर्ने कार्यक्रमहरूमा ढिलासुस्ती भएको होला तर हाम्रो लक्ष्य समाजवादी व्यवस्था नै हो । वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको लागि हामि आज पनि क्रियाशील छौं ।”
जनयुद्धले प्रतिपादन गरेको विचारको उपयोगका लागि संसद उपयुक्त हुन्छ कि लागेर पार्टी त्यसतर्फ गएको उनले बताए । “संसद उपयोग गर्न उपयुक्त हुन्छ कि लागेर हामीले त्यस बाटो अपनाएको हौँ । बुलेटलाई स्थगन गरेर ब्यारेकलाई प्रयोग गरौं भनेर कोसिसरत छौं,” उनले भने ।
संसदीय आदर्शलाई परिवर्तन गर्न गएको ‘माओवादी आदर्श’ ‘संसदमा’ पुग्दा सोही ‘संसदीय आदर्श’मा किन सीमित भयो भन्ने लोचनको प्रश्नमा कुँवरले भने, “युद्धमा स्थापित उपलब्धिहरूलाई संरक्षण गर्दै हाम्रो लक्ष्यतर्फ उन्मुख छौं । नयाँ संविधान बनाउने कसको नारा हो रु संविधानमा धर्मनिरपेक्षता, समावेशिता लगायातका कुराहरू कसले गर्दा प्राप्त गरेका हुन् ? सोही युद्धले गर्दा भएको होइन रु नेपालमा माओवादीको चिन्हकै बलमा यो व्यवस्था आएको हो । अबको मुख्य चुनौती भनेको यसलाई संरक्षण गर्नु हो ।”
रोल्पालाई अझै पनि ‘पाखे’को रूपमा चित्रण गरिएको पाइएको कुँवरले बताए । “यहाँको जनताले पाठ्यक्रममा केन्द्रित पढाइ ‘केन्द्र’को दाँजोमा कम पढेका होलान् तर व्यावहारिक एवं क्रान्तिकारी ज्ञान उकालो लागिरहेको छ,” उनले भने । देशलाई समृद्धिको बाटोमा ल्याउने सवालमा युवापुस्ताको चासो बढ्नु खुसीको कुरा रहेको बताउँदै कुँवरले भने, “यतिबेला आफूहरू अभिभावकको भूमिका रहनु उपयुक्त हुन्छ कि भन्ने मलाई लाग्दछ ।”
माओवादीमा नीतिगत हिसाबले आन्दोलानको उभार बचेको छ त भन्ने प्रश्नमा नीति तथा कार्यक्रम एउटाको (माओवादी) र नेतृत्व अर्कोको (कांग्रेस) हुँदा ‘संसदमा सर्कस’ बढ्ने सम्भावना रहेको तर, तत्काल त्यसो हुने स्थिति नरहेको कुँवरले बताए । यसका लागि जनताको निरन्तर खबरदारी एवं अरू दल बाँकी रहेको समेत बताए ।
कुँवरले एमसीसी नेपाल र नेपालीको हितमा नरहेको उल्लेख गरे । “एमसीसी प्रतिगमनको एउटा अंश हो । शीर्ष नेतृत्वहरू कसैको दबाब वा राष्ट्रिय परिस्थतीलाई लत्याएर बाहिरि शक्तिबाट प्रभावित हुनु राम्रो होइन । मैले संसदमा उभिएर एमसीसीको विरोध गरेको छु,” उनले अगाडि भने, “सैन्य रणनीतिका कारण नेपालमा असर पर्ने देखेको छु भने नेपालको प्राकृतिक दोहन बढ्ने खतरा देखेको छु । एमसीसीले नेपालमा खोस्टो बनाउनेछ । मावोवादीले पनि यसलाई स्विकार्नु हुँदैन ।”
सरकारलाई निर्देशित गर्ने संस्था संसद चल्न सकिरहेको छैन । संसद नीतिगत एवं व्यवहारिक रुपमा कामकाजी देखिएको छैन । संसद नचलेपश्चात् सरकारी कामकाज कसरी चलिरहेको होला भने जिज्ञासा कुँवरले राखे । “नेपालमा शक्ति पृथकीकरणको सिद्धान्त लागू भइरहेको छैन । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाहरूमा दलको प्रतिनिधत्व रहन्छ तर, पार्टीका मुख्य नेतृत्व सरकारमा केन्द्रित भएका छन्,’ उनले अगाडि भने, “अर्कोतर्फ, संसदमा पार्टीको कार्यकर्ताहरूको भर्ती बढी भयाे, जो पार्टीको स्वार्थमा निहित भए । संसदमा यस हिसाबले सर्कस चलिरहेको छ । संसद अप्ठ्यारोमा छ ।”
जनताको कुरा संसदसम्म पुर्याउन सांसदहरूलाई बोल्न दिइएको बताउँदै कुँवरले भने, “ उनीहरूले ‘कविता, गीत’को नाम प्रस्तुतीकरणमा मात्रै ध्यान दिइरहेका, तर वास्तविक समस्या पुर्याउन सकिरहेको छैन । सँगसँगै संसदले समस्याको समबोधन गर्न सकिरहेको छैन ।”
रोल्पाका लागि तपाईंले के गर्नुभयो भन्ने प्रश्नमा कुँवरले भने, “यो जनताले भन्ने कुरा हो । मैले रोल्पाका घाइते-अपांगहरूको (०७४) उपचार र जीवनयापनको सहजीकरणको लागि कार्यदल गठन गर्यौं । कार्यविधि बनाएर देशभरका जानयुद्धका घाइते-अपांगहरूको हितको लागि काम गरेका छौँ । संविधान नयाँ भएकाले त्यतातर्फबाट पनि लगभग २ वर्ष अलमल भयो । राष्ट्रिय सभा सदस्यको हैसियतले गर्न सकिने कामहरू गर्न नसकेको स्वीकार्छु ।” यस अलावा मदन भण्डारी लोकमार्गलागि पनि आफूले काम गरेको र डीपिआर तयार भएको समेत बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...