काठमाडौँ- साहित्यकार तथा पत्रकार विमला तुम्खेवा अनुप लिङ्देन स्मृति प्रतिष्ठान सम्मानबाट पुरस्कृत भएकी छिन् । आईतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा तुम्खेवासँगै मदन पुरस्कार विजेता इतिहासकार तथा साहित्यकार भगिराज इङ्नामलाई पनि सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले स्वार्गीय अनुप लिङ्देन लिम्बु समाजमा मात्र नभएर समग्र समाजको विकासको निम्ति अग्रगामी विचार राख्ने एक सचेत अभियन्ता भएको उल्लेख गरे ।
त्यसैगरि स्व. अनुप लिङ्देनकी धर्मपत्नी तथा साहित्यकार अप्सरा लावतीले आगामी दिनमा अझ प्रतिष्ठानलाई बृहत रुपमा विस्तार गरेर लाने साहित्य , शिक्षा , कला, सँस्कृति लगायतको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गर्ने विचार व्यक्त गरिन् ।
साहित्यकार विमला तुम्खेवा लामो समयदेखि कविता लेखन तथा पत्रकारितामा सक्रिय रहँदै आएकी छिन् ।
उनकाका कविताहरू, नदी, छाल र तरङहरू, संस्मरण एउटा बूढो रुखको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे कविता संग्रह लगायत प्रकाशित छ । भगिराज इङ्नामको 'लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०' २०७७ सालको मदन पुरस्कार प्राप्त गरेको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...