काठमाडौँ- नेपाल सरकारका पूर्व सचिव एवम् साहित्यकार गोपी मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा निबन्ध संग्रह विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् इतिहासविद् दिनेशराज पन्तले पुस्तकको लोकार्पण गरेका हुन् । संग्रह सन्तोषी माता सञ्चार प्रालिले प्रकाशन गरेको हो ।
कार्यक्रममा पूर्व प्रशासक विमल कोइराला, प्रा.डा. तुलप्रसाद कोइराला, प्रा।डा। खेम कोइराला बन्धु, लीला लुइँटेललगायतले मन्तव्य राखेका थिए ।

यसअघि मैनालीका ४ वटा पुस्तक प्रकाशित छन्।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार