एजेन्सी- मिष्टर नेपाल एसिया सिजन ३ को उपाधि चितवनका विशाल परियारले जितेका छन् । बुधबार साँझ ६० जना प्रतियोगीलाई पछि पार्दै विशालले उपाधिसहित मिष्टर एसिया २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।
१९ बर्षका विशाल अहिले स्नातक पहिलो बर्षको विद्यार्थी हुन् । मोडलिङ्ग र नृत्यमा रुचि राख्ने विशाल अहिले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई प्रस्तुत गर्ने तयारी सहित जिम्मेवारी थपिएको बताएका छन् ।
प्रतियोगितामा म्यान अफ नेपाल प्युठानका सन्जित जिसि, मिष्टर नेशनल नेपालको उपाधिका कञ्चनपुरका रमित कार्की भएका छन् । प्रतियोगितामा मिष्टर ट्यालेण्टको उपाधि सञ्जितले जितेका हुन् । ६ महिना अघिबाट सुरु भएको प्रतियोगितामा १ सय २० जनाले अडिसन दिएका र उनीहरु बाट ६० जना छनोटमा परेको आयोजक विशाल आले मगरले बताए ।
विभिन्न चरणपछि प्रतियोगितामा चितवन, कञ्चनपुर , रुपन्देही , नवलपरासी र प्युठानका ५ युवा उत्कृष्ट ५ मा परेका थिए । अन्तिम प्रतियोगितामा बैकर बिन्दु सिंजाली, मिडिया पर्सनालिटी अशोक परियार, फेशन डिजाइनर मुना राना, युवा व्यवसायी अनिल अधिकारी निर्णायक थिए ।
राप्ती नगरपालिका वडा नं. ४ का वडाध्यक्ष शमशेर लामा प्रमुख अतिथि रहेको कार्यक्रममा चितवन स्कुल अफ फेशन , नेभारा फेशन डिजाइनिङ्ग इन्ष्च्यिुट , बिशाल स्कुल अफ फेशनको डिजाइनमा मोडलहरुले वाक गरेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...