सन्त ज्ञानदिल दास (१८७८–१९४०) (जन्मको नाम श्रीकृष्ण लामिछाने नेपाली साहित्यकार तथा आध्यात्मिक व्यक्ति थिए। यिनले भानुभक्त आचार्य भन्दा अगाडि भक्ति गीतहरू र कविताहरू रचना गरेका थिए । यिनले नेपाली भाषामा व्यंग्य पनि लेखेका थिए । नेपाली साहित्यको इतिहासमा भक्तिधाराको निर्गुण भक्ति धाराका केन्द्रीय कवि हुन्- ज्ञानदिलदास। यस धाराका कविहरूले निर्गुण, निराकार ब्रह्मको व्याख्या गरेर आध्यात्मिकता र ईश्वरभक्ति झल्काउँछन् । संसारलाई झूटो मान्ने, संसारिक राग, द्वेष, रोचक, भोगविलासको प्रवृत्तिबाट मुक्ति खोज्नुपर्छ, पारमार्थिक चिन्तन गर्नुपर्छ भन्ने निर्गुण भक्तिधाराको मुख्य विशेषता हो ।
नेपाली साहित्यको प्राथमिक कालका यी कविको जन्म वर्तमान इलाम जिल्लाको फिक्कलमा सन् १८२१ मा भएको थियो । वेद लगायत पौराणिक ग्रन्थहरूको गहन अध्ययन गरेका यिनले दार्जीलिङका पादरी ए टर्नबुललाई शास्त्रार्थमा पराजित गरेका थिए । यिनले पूर्वी नेपाल तथा भारतको दार्जीलिङ, सिक्किम र भुटान सम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेका थिए ।
नेपालमा ज्ञान प्रचार गरेको, विद्रोही कविता रचना गरेको आदि आरोपमा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले यिनलाई पक्राऊ गरेर ६ महिना जेलमा राखेका थिए । त्यसपछि जोसमनी सन्त परम्पराको प्रचार गर्दै यिनी भारतको दार्जीलिङ, सिक्किम र भुटान सम्म पुगेका थिए ।
ज्ञानदिलदासको रचनामा तत्कालिन सामाजिक व्यवस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध बिद्रोह पाइन्छ । पुरुषले एउटी श्रीमती माथि जतिवटा पनि विवाह गर्न पाउने महिलाले आफ्नो श्रीमान् मरेपनि अर्को विवाह गर्न नपाउने प्रथाको यिनी कट्टर विरोधी थिए । वेद, पुराणको गहन अध्ययन नै नगरी पाखण्डी रूपले कर्मकाण्ड गराउने प्रथाको यिनी ठाडो विरोध गर्दथे ।
यिनको उदय लहरी नामक कृति प्रमुख थियो। त्यसका अतिरिक्त झ्याउरे भजन, ट्ङ्ना भजन लगायतका कृतिहरू पनि यिनले रचना गरेका थिए । ज्ञानदिलदासको निधन पश्चिम सिक्किमको गेलिङमा सन् १९४० मा भएको थियो । यिनको स्मृतिमा ज्ञानदिल दास साहित्य पुरस्कारको स्थापना भएको छ ।
प्रस्तुत छ, ज्ञानदिल दासको टुङ्ना भजन:
मार्यो च्याङ्बा मार्यो,
षरानीमा पार्यो,
त्रिशुल गङ्गा तार्यो.
चन्द्र सूर्जे नार्यो,
कमल फुल्मा सास्यो,
ब्रह्मज्ञान्मा पार्यो, रामजी!
अति ठिक्क पार्योनी!!!॥१॥
वंशी बज्यो तिरिरी,
अनहद्को घन्छन्,
कमल फुल्यो रन्बन्,
भँमराको भन् भन्,
रामजी! जोगी घुम्यो फन् फन् नी!!!॥२॥
मार्यो च्याङ्बा मार्यो,
षरानीमा पार्यो,
बिचै बाटा छाड्यो,
छोरोजन्मी जोगी भैन,
पुरस् जन्म हार्यो,
रामजी! पुरस् जन्म हार्योनी!!!॥३॥
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।
लेखकबाट थप...