राधा पौडेल

स्कूलको भित्तोमा लेखेको थियो,
'रुख रोप । 
रुखले हामीलाई फेर्न हावा दिन्छ ।'
म भन्छु –
रुखले दिएको हावाले सास फेर्नु पहिले, 
महिनावारी चाहिन्छ ।
अनि पो, 
रुख रोप भन्ने, रुख रोप्ने, 
अनि 
हामी सबै जन्मन्छौ र बाच्छौ ।
त्यसैले,
स्कुलले पहिले महिनावारीको कुरो भितोभरी लेख्नु पर्छ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार