काठमाडाैँ - कथा र उपन्यास लेखनमा सक्रिय लेखक राजु अधिकारीको दोस्राे उपन्यास 'धुवाँको तस्वीर' प्रकाशित भएको छ । विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास पनि मानव मनोविज्ञान र रहस्यमा आधारित छ ।
विगत दुई वर्ष भन्दा बढी समय देखि नेपालमा इ-बुकहरूको प्रकाशन, बिक्री वितरण र प्रवर्द्धन गरिरहेको थुप्रै प्रकाशनले यो उपन्यासलाई इ-बुकको रूपमा बजारमा ल्याएको हो ।
उपन्यासमा सफल र आरामदायी जीवन बिताइरहेको एक युवा आफ्ना इच्छा, उद्देश्य र महत्वाकांक्षाहरू जीवनको वास्तविकतासँग बाँझिन जाँदा कसरी आफ्नै सोचको द्वन्द्वमा फस्न पुग्छ र त्यसबाट उम्कन के गर्छ भन्ने कुरा रहस्यात्मक रूपमा प्रस्तुत गरिएको छ ।
उपन्यास चीनको आर्थिक केन्द्र साङ्घाईको सेरोफेरोमा घुम्छ । उपन्यासमा साङ्घाईमा बस्ने विदेशीहरूको जीवन र चीनमा विगत दुई दशकमा भएका सामाजिक र आर्थिक परिवर्तनको बारेमा पनि रोचकरूपमा प्रस्तुत गरिएको छ ।
उपन्यास थुप्रै डट कमको वेबसाइट र मोबाइल एपमा इ-बुकको रूपमा संसारभरि उपलब्ध रहेको प्रकाशकले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...