ललितपुर- मंगलबार पाटन दरबार स्वायरको भीमसेन मन्दिर अगाडि ढल खन्ने क्रममा लिच्छविकालीन शिलालेख भेटिएको छ । पुरातत्व विभागका अनुसार उक्त शिलालेख राजा अंशुवर्माको पालाको भएको बताइएको छ ।
शिलालेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको छ भने यसको शिरोभागमा दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न कुँदिएको छ ।
शिलालेख झन्डै ६ फिट लामो छ। यसमा राजा वृषदेवले बनाएको विहारको उल्लेख भएको विभागले जनाएको छ । यसमा मिति ‘संवत् ५३६ जेष्ठ’ उल्लेख छ ।
शिलालेखलाई सुरक्षित रूपमा पाटन संग्राहलयमा सारिने र त्यसबारे विस्तृत अध्ययन गरिने छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...