काठमाडौँ- २०७८ सालको पहिचान पुरस्कार श्याम शाहको कथासंग्रह 'पथेर' र अनन्त वाग्लेको उपन्यास 'कदम'लाई लाई प्रदान गरिएको छ ।

पहिचान पुरस्कार कोषले गत वर्षभरि प्रकाशित उत्कृष्ट पाँच पुस्तक पहिचान पुरस्‍‍कारको लागि छनोट गरेको थियो । उत्कृष्ट पाँच पुस्तकमा श्याम शाहको कथासंग्रह ‘पथेर’, अनन्त वाग्लेको उपन्यास ‘कदम’, प्रकाश आङदेम्बेको कविता ‘म एउटा विहान हिँडिरहेछु’ बिना थिङको कथासंग्रह ‘याम्बुनेर’ र केदार संकेतको कथासंग्रह ‘अफगानी रणमैदान’ परेका थिए ।

यसभन्दा अगाडि राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ र यज्ञशको ‘भुइँया’ तथा उन्मुक्त पुस्ताको ‘आफर’ र सरस्वती प्रतीक्षाको ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार