धरान - मुक्साम लाबुङ्द्वारा लिखित लिम्बू भाषाको कविता कृति 'नेत्तिफूङ्' आइतबार विमोचन भएको छ । धरानस्थित होटल इजि राइडरको सभाहलमा विमोचन भएको हो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रको अवसरमा केन्द्रीय अध्यक्ष कुमार लिङ्देनको हस्तबहुलीबाट विमोचन गरिएको हो ।
डिबी खुदाङ्को प्रकाशन रहेको कृतिमा विभिन्न शीर्षकमा ४५ वटा कविताहरू समेटिएका छन । याक्थुङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सागर केरुङ्ले 'नेत्तिफूङ्' कविता कृतिमाथि समीक्षा गरेका थिए ।
'कविता कृतिमार्फत भुइँमान्छेहरूको आवाजलाइ बुलन्द गर्न खोजिएको छ', प्राज्ञ केरुङ्ले बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...