विश्वजित बाँस्कोटा

मलाई विरोधी नभन
म कसैको विरोधी होइन 
मैले क्रान्तिको पाइला चालेको नि होइन
म कसैको नजरमा नायक बन्न खोजेको पनि होइन ।

सत्य कुरालाई असत्यमा परिणत गरेको देख्दा 
आवाज उठाउने गर्छु 
देखेको घटनालाई लेख्ने गर्छु 
कलम रुपी हतियारले आफ्नो कुर्सी बेच्ने, हक अधिकार खोस्ने, भष्टाचारी, बलत्कारी, घुसखोरी, अन्याय र अत्याचार गर्नेहरू माथि लेख्ने गर्छु ।

मैले यो कसैको विरोध गरेको होइन 
मैले त हक र अधिकार खोस्नेहरूदेखि सोझाहरूलाई बचाएको हो 
नान्यको निम्ति उभिएको हो, 
सोझाहरूको साहारा बनेको हो ।

म समाज, राज्य, देश, सरकार, प्रशासन र कानुन कसैको पनि विरोधी होइन ।
म एक नवनिर्माण गर्ने युवा हो 
म सधैँ अनान्यलाई रोक्ने गर्छु 
बलात्कारी र भ्रष्टाचारीमाथि सधैँ लेख्ने गर्छु ।

जहाँ अधिकार खोसिन्छ 
सोझालाई लुटिन्छ, आवाज दबाइन्छ
सपना देखाइन्छ, लुट मचाउँछ
त्यहीँ म नीडर बनेर उभिन्छु 
सत्य के हो लेख्नु 
कलम रुपी हतियारले प्रहार गर्ने गर्छु ।

त्यसैले....!
म विरोधी होइन 
सत्यको पक्षमा उभिएर आवाज उठाउँदै राज्य र देश निर्माण गर्ने नव युवा हुँ ।
-पश्चिम सिक्किम भारत

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार