[केही समयअघि]

एउटा कफन किन्नु छ
एउटा लासका निम्ति

तर,
हात रित्ताे छ
हातसँगै पेट पनि रित्ताे छ

पेट भर्नु छ
कफन किन्नु छ
लासकाे सद्गत गर्नु छ

(साेचिरहेकाे छु-
याे मरिरहेकाे लास
र, हामी जीवित लासबीच
के नै फरक छ र ?

जिन्दगीभरि कहिल्यै नयाँ कपडा लगाउन नपाएकी उसलाई
कसरी किनिदिऊँ म एउटा 'नयाँ कफन' ?

र,
कसरी छाेपिदिऊँ उसकाे रित्ताे पेटलाई
नयाँ कफनले ?)

एउटा कफन किन्नु छ
एउटा लासका निम्ति

तर,
हात रित्ताे छ
हातसँगै पेट पनि रित्ताे छ ।

[केही समयपछि]

समाजले राखिदिएकाे छ केही पैसा
मेराे मैलाे हातमा
मानाैँ म एउटा भिखारी हुँ
जसकाे हातमा भर्खरै परेकाे छ सानाे भिख

समाजकाे नाक लामाे छ
समाजले कसैलाई 'लास' बनाउछ
समाजले कसैलाई 'दास' बनाउछ
अनि, लास गन्हायाे भनेर
समाजले आफ्नाे लामाे नाक छाेप्छ

(आजकाे लासले
हिजाे समाजसँग
खाना मागेकाे थियाे
लुगा मागेकाे थियाे

लास हिजाे पनि लास नै थियाे
तर, जिउँदाे लास
हिजाे ऊ भाेकाे थियाे
हिजाे ऊ नाङ्गाे थियाे

आजज समाज देख्छ
तर, हिजाे समाज 'अन्धाे' थियाे
आज समाजकाे मुटुभित्र मुटु छ
तर, हिजाे समाजकाे मुटुभित्र 'ढुङ्गाे' थियाे
आज समाज संवेदनशील छ
तर, हिजाे समाज 'संवेदनहीन' थियाे

र त,
हिजाेकाे जिउँदाे लास
अर्थात् अलिकति सास भएकाे मान्छे
आज पूर्ण लास बनेकाे छ

आज पनि ऊ नाङ्गै छ
तर, आज उसलाई भाेक लागेकाे छैन)

एउटा कफन किन्नु छ
एउटा लासका निम्ति

तर,
कफन महँगाे छ
कफनभन्दा अलि सस्ताे खाना छ

भाेक अझ भाेकाएकाे छ
लास लडेकाे छ
कफन किन्नु छ
समाजलाई लासविहीन बनाउनु छ

(साेचिरहेकाे छु-
याे लास भाेकै मर्याे
म पनि भाेकै छु
र, जुनसुकै बेला पनि मर्नसक्छु
नाङ्गै मर्नसक्छु याे लासजसरी नै

म पनि हुनसक्छु 'कफन'विहीन
म पनि गन्हाउनसक्छु)

बरु
याे कफनकाे झन्झटबाट आफूलाई मुक्त पार्छु
र, याे समाजले दिएकाे भिखले
आजज एक दिनलाई भए पनि
आफ्नाे भाेकाे पेट भर्छु

अाखिर भाेलि मर्नु नै छ
'कफन'विहीन हुनु नै छ
तर, मर्नेछु आफ्नाे पेट भरेर

कमसेकम याे समाजलाई थाहा हाेअाेस् न-
'कफन' याे समाजकाे डरलाग्दाे कथा हाे
'कफन' याे समाजकाे हृदयविदारक कथा हाे ।

अनु: बिकेश कविन
(मुंशी प्रेमचन्दकाे कथा 'कफन'माथि आधारित कविता) 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार