काठमाडौँ- स्रष्टा, पत्रकार एवं राजनीतिक विश्लेषक घनेन्द्र ओझाको नयाँ पुस्तक 'जनताको बहुदलीय जनवाद' फरक बहसु बजारमा आएको छ ।

नेकपा माले र मार्क्सवादीको एकीकरणपछि बनेको नेकपा एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनले पारित गरेर अपनाएको मार्गदर्शन 'जबज'माथि आलोचनात्मक टिप्पणी गरिएको यस पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनका आरोह-अवरोहदेखि जबजको यो तीन दशकमा गरिएको अभ्यासमा देखिएका कमी कमजोरीबारे विश्लेषण गरिएको छ ।

तीनवटा खण्ड रहेको पुस्तकमा जबज पूर्ण दस्ताबेज पनि समावेश छ ।

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मूल्य २९९ रुपैयाँ छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार