हातै समाई याःलाङ नाचौं आऊ न ठुली आऊ
पालाम ख्याली हाक्पा गाऊँ न ठुली आऊ
गजलकार सन्देश सुब्बाको गजलसङग्रह ‘सम्झनाको आँधी’ ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयमा आज विमोचन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ललिजन रावल, अतिथिहरु साहित्यकार वीर नेम्बाङ, श्रीप्रसाद जबेगु, बिमला तुम्खेवा, अमर तुम्याहाङ, प्रकाश आङदेम्बे, सकुन्तला जोशी, साङसेन वारक र लेखनाथ शिकारुले संयुक्त रुपमा सङ्ग्रहलाई सार्वजनिक गरेका थिए ।
कृतिको बारेमा बोल्दै गजलकार प्रकाश आङदेम्बेले भने, 'हामीले आफूजस्तै गजलमा पनि आफ्नो अनुहार खोज्नुपर्छ । सन्देशका केही गजलमा उनको अनुहार देखिन्छ ।' प्रमुख अतिथि ललिजन रावलले ‘गजलले कसैको रिन नखाएकोले गजल बिगार्ने अधिकार कसैको नरहेको जिकिर गर्दै भने, 'मलाई आजको यो माहोल देख्दा पाँचथरको फेदेन पुगेको महसुस भयो ।'
कविहरु उत्तम लिम्बू तुम्सा, इनुमा, अन्जना इछमफूलले कृतिभित्रका केही गजलहरु वाचन गरेका थिए । विभिन्न भावका ६१ वटा गजलहरु सङ्ग्रहमा सङ्ग्रहित छन् । इक्साहाङ चेम्चोङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम रोहित आङ्बोको सञ्चालन र टंक सेलिङ् को सभापतित्वमा सम्पन्न भएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...