काठमाडौँ- नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका घनेन्द्र ओझाको नवीनतम् कविताकृति ‘असमान पहाडहरू’ प्रकाशन भएको छ ।

समालोचना र पत्रकारितामा समेत सक्रिय ओझाको बाह्रौँ पुस्तकका रूपमा प्रकाशन भएको यस कवितासंग्रहमा समसामयिक विषयका २१ वटा कविता संगृहीत छन् ।

कृतिभित्रका कवितामा समाजका बेथिति, कुसंस्कार, राजनीतिक अव्यवस्था र अराजकता, सांस्कृतिक विचलन र सामाजिक विखण्डन, मानवीयतामा ह्रास, प्रकृतिप्रेम, सामाजिक, राजनीतिक नेतृत्वमा भइरहेको नैतिक पतन जस्ता विषय समेटिएको छ ।

युवा साहित्यकार एवं समालोचक महेश पौड्यालको लामो र विस्तृत भूमिका रहेको यस कृतिको प्रकाशक कवि स्वयं छन् भने वितरक कन्दरा पब्लिकेसन रहेको छ ।

पुस्तकको मूल्य १५० रुपैयाँ रहेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार