मोरङ- पथरी शनिश्चरे नगरपालिका क्षेत्रभित्रको कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले मङ्सिर ५ गतेदेखि नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन हुने भएको छ ।

 शब्द थियटरको दोस्रो जन्मोत्सवको अवसरमा मनबहादुर मुखियाद्वारा लिखित उक्त सामाजिक नाटकको मञ्चन हुन लागेको हो ।

जीवन बरालले निर्देशन गरेको नाटकमा सरोज तिम्सिना, छत्र राईं, सुदीपजंग कार्की, विमला पोखरेल, सदिच्छा अधिकारी, मेनुका कुलुङ राईं, सुमन कुइँकेल, प्रेम खतिवडा, देव गुरुङ, यशोदा श्रेष्ठ, मनोज तिम्सिना, पर्शुराम न्यौपाने, सन्दिप पोखरेल, नवीन गुरुङ, विक्रम बस्नेत, प्रतिमा पोखरेलललगायत  अन्य कलाकारहरुको अभियन रहने छ । 

नाटक मङ्सिर ५ गते देखि ११ गतेसम्म हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा हुनेछ ।  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार