जनताको नाममा
जंगे माया बन्दछ प्रचण्ड
अवसरको दुइधारे तरवारले
प्रहार गर्दछ चौतर्फी.
जनताको नाममा
जंगे माया बन्दछ प्रचण्ड
कहिले रोल्पाली आगो दन्काएर
खरानी पार्दछ शाही लंका
एउटा नयाँ लंका बनाउनका
निम्ती रामको संरक्षणमा
बनेर लंकाधीश
जनताको नाममा
जंगे माया बन्दछ प्रचण्ड
लंकाको वैभव भोग्नका निम्ती
लिएर दुई बगली हनुमानको टोली
रामनामी दिव्य किरणहरुले सुशोभित भइ
जनताको नाममा जंगे माया बन्दछ प्रचण्ड
कहिले दूनको उर्वर मैदानहरुबाट
आगो लिएर भारदारहरुको
बूट मुनि थिचिएका मूक वेदनाहरुले सिंचित
शताब्दियौंको रगत-पसीनाले निर्मित
ध्वस्त गर्न लंकामा बसेको गोर्खाली उपनिवेशलाई
बनेर रामको साँचो विभीषण.
जनताको नाममा
जंगे माया बन्दछ प्रचण्ड
दुई नाउमा सवारी गर्दै
प्रायः दक्षिणको
कहिले काँही उत्तरको पनि
इतिहासबाट शिक्षा लिँदै
अवसर अनुकूल
जनताको नाममा
जंगे माया बन्दछ प्रचण्ड
पिट्दछ राष्ट्रवादको डंका
रामको लंकालाई परिवर्तित गर्दै
एक्काइसौं सताब्दीको लेण्डुपहरुको लंकामा
जन्माउन मौकाको फागू संस्करण,
सजाएर दीप चिनियाँ माटोमा
अर्पण गरेर गाढ़ा राता कमलको फूल
'जन-गण-मन' विरोधी फूल
मनाउन रक्तरंजित दीपा-ओली
ओम ! संसारको मजदूर एक होऔँ !
ओम ! हाम्रो राजा प्राण भन्दा प्यारो !
जनताको नाममा
जंगे माया (अवश्य) बन्दछ प्रचण्ड
तर जंगे मायाले गर्ने गर्दथ्यो
मात्र एउटा डुङ्गामा सवारी
अंग्रेजहरुको कुत्ता बनेर,
प्रचण्ड मायाले गर्दछ
एकैपटक दुई वटा डुङ्गामा सवारी,
बहादुर कुक्कुरहरुको शेर नस्ल जन्माउनका निम्ती
किनभने प्रचण्ड माया
न त पूर्णतया बुर्जुआ बन्न सकेको छ र
न त कम्युनिस्ट नै
प्रचण्ड मायाले मात्र
पराधीन जातिहरु जन्माउँदछ ।
(५ मे, २०१६)
(हिन्दीबाट नेपाली अनुवाद- रोशन जनकपुरी; यो कविता भर्खरे प्रकाशित कवितासंग्रह “एक स्वयं भू कवि की नेपाल डायरी” (2021) मा संग्रहीत छ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...