पोखरा- वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको निधन भएको छ ।
शारीरिक रूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए ।
बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए ।
कवि कृसु क्षेत्रीका अनुसार राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजलश्री सम्मानबाट सम्मानित बजिमयले दर्जनौँ साहित्यिक पत्रिकाको सम्पादन समेत गरेका थिए ।
उनको पार्थिव शरीरलाई दाहसंस्कारका लागि जन्मथलो पोखरा आजै लगिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...