एजेन्सी- उपन्यासकार लीलबहादुर क्षेत्री भारतको प्रसिद्ध पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले उपन्यासकार क्षेत्रीलाई सोमबार पुरस्कार प्रदान गरेका हुन् ।

उनलाई सन् २०२० को साहित्य र शिक्षाको विधामा पुरस्कार प्रदान गरिएको हो ।

उनी चर्चित उपन्यास बसाइँका लेखक हुन् । उपन्यासमा आधारित भएर नेपाली चलचित्र ‘बसाइँ’ पनि निर्माण भएको छ । अमेरिकामा बसाइँ उपन्यासको अंग्रेजीमा समेत अनुवाद भइसकेको छ । नेपालबाट दर्जनौंपटक पुनःमुद्रण भएको बसाइँ उपन्यास नेपालीको पाठ्यक्रममा पढाइ हुने गरेको छ ।

 क्षेत्री भारतको असम राज्यमा पर्ने गुवाहाटी सहरमा सन् १९३२ मा जन्मेका हुन् । उनका कथा, उपन्यास एवं नाट्य कृतिहरू दर्जनौंको संख्यामा प्रकाशित छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार