निभ्यो
झ्याप्पै  निभ्यो
यो निभेको चिराग लिएर 
अन्धाकारमा हिड्दा हिड्दै 
हृदय पनि निभेको कोइला जस्तै भयो । 

अब म अन्धाकारमै छु 
भाग्यका ढुङगाहरुमा ठोकिदै
काडाका गद्दिहरुमा कुल्चदै 
चुपचाप चुपचाप कुदेको म 
उज्यालो कहिले भेट्दिनँ । 

यो उषा 
सपनामा चट्याङ बनेर 
चड्किन्छ मेरो छाति बिच 
ढुङ्गा ढुङ्गा ठोक्याएँ
चकमक चलाएँ
ब्यार्थै रहेछ 
केवल झिल्का मात्र 
जसले मेरो रौ पनि जलेन 
चिराग के  बलोस !

(कविता सङ्ग्रह 'देश दुखेको बेला' बाट )

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार