काठमाडौँ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनका अवसरमा चित्रकला प्रतियोगिता हुने भएको छ । हिमालयन फेस्टिबल अफ आर्ट एन्ड लिटरेचरको आयोजनामा देवकोटाको जन्मदिनको अवसर पारेर चित्रकला प्रतियोगिता हुने लागेको हो ।

यस चित्रकला प्रतियोगितामा देवकोटाको चित्र कोरेर आयोजकलाई पठाउनुपर्ने छ । कात्तिक १७ गतेसम्म चित्रकला पठाउन सकिने आयोजकले बताएका छन् । प्रतियोगिले आयोजकको फेसबुक वा इमेलमार्फत आफ्नो चित्रकला पठाउन सक्नेछन् । 

आयोजकलाई प्राप्त चित्रकलाहरुमध्येबाट उत्कृष्ट चित्रकलालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन् भने सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको अर्को चित्रकलालाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। आयोजककाअनुसार देवकोटाको सम्झनामा यो प्रतियोगिता आयोजना गरिएको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार