कात्तिक ११, २०७८ बिहिबार
गरिब देशको धनी शासकले
एक साँझ टेलिभिजनमा कसम खाइदियो
कि अब देशमा कोही गरिब देखिने छैन ।
अर्को दिन
उसको मनपर्दो ठेकेदारले
गरिबहरूको बस्ती वरिपरि पर्खाल लगाइदियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...