अशोक किरात

प्रिय कमरेड !

झण्डा भन्दा

क्रान्ति धेरै गतिशील हुन्छ।

लेनिनको विचार 

या माओत्सेतुङ

या त कार्ल माक्र्स 

झण्डाहरू होइनन् ।

 

मेक्सियम गोर्कि

करोडौं कम्युनिस्टहरू

जन्माईरहे

किन्तु झण्डा ओढेनन्

लु सुन जनवाद

उचाइ रहे 

या  बने चेक्याभेरा

कोही तर

झण्डाहरूको 

ओतमा होइन 

 

झण्डाहरू

प्रतीक हुन्

विचार होइनन् 

झण्डाहरू

आस्थाको साधन हुन्

किन्तु सिद्धान्तको 

अपरिहार्य पदचाप होइनन् ।

 

झण्डाहरू उन्मुक्ति होइनन् 

आवाजहरू चेतना हुन्

झण्डाहरू

झुन्ड मात्रै हुन्

या प्रतिकको गलत प्रयोगमा 

झण्डाहरू उपहास

केवल हुन सक्छ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार