विजय मल्ल (वि.सं.१९८२ - वि.सं.२०५६) नेपाली साहित्यकार हुन्। उनले वि.सं. २०२७ सालमा एक बाटो अनेक मोड कृतिका लागि साझा पुरस्कार प्राप्त गरेका हुन्। प्रस्तुत छ, उनको कविता- यान्त्रिकता:

सडक-सडक, होटल-होटलमा

कागजका कोरा पर्चाहरूमा

केही लेखिएजस्तो, केही कोरिएजस्तो

यन्त्रमानव

पकेटमा हात हालेर बिस्तारै हिँड्छ, हाँसेर हिँड्छ।

मानौँ यस दुनियाँमा केही भएको छैन

मानौँ यहाँ केही समस्या नै छैन!

ए पत्थरका सालिकहरू,

तिम्रो जीवन र मृत्युलाई छुट्ट्याउन पनि गाह्रो भो,

साँच्चै गाह्रो भो!

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

विजय मल्ल

लेखकबाट थप...

सम्बन्धित समाचार