दशगजामा उभिएको मान्छेसँग हजारौँ प्रश्न हुनसक्छन्
सयौँ गुनाँसा हुन सक्छन्
केही थान अनुभूतिहरू निर्विकल्प निर्मम बनिदिन्छन्
मौनता कर्णप्रिय त होला तर संगीतमय नहुने रहेछ
कमजोरी हो जान्दाजान्दै
प्रेमले लतारिएर आएको मान्छे
कहिलेकाहीँ कथाले अनकन्टारमा एकलव्य बन्न विवश बनाउँदो रहेछ
फर्किंदा उपलब्धी गुम्ने डर
हिँडे नदेखेको, नहिँडेको बाटोमा हराइजाने भय
हिउँले पुर्ला भन्ने पिर
कस्तो विखलबन्द
सुरुवाती रहर नभएपनि
परिस्थितिले क्षितिजमा पुर्याएर प्रेमिल बनाउदो रहेछ
बाध्यताको आत्मियता यस्तो बन्दो रहेछ
रहर गर्नेहरू भन्दा हार्ने बढि समर्पित भैदिनु पर्ने
छोएका हत्केला
बढीमा धकाएर बल्लतल्ल चुमेको चेहेरा
इन्द्रेनी समय जस्तो
केवल एउटा म्यासेजको प्रतिक्षा जस्तै
एउटा बाध्यताका लागी
कयौँ रहर टुटाउनु पर्छ
संसारमा जित्नु नै के पो छर
हिडौला सुस्तरी, बाँचुला सुस्तरी
हुन त एउटा जोगिको जिन्दगीमा के नै हुन्छ र ?
बस सानो–सानो कुरामा खुसी हुनु, अनवरत प्रयास गर्नु बाहेक
दुनियाँ धनदौलत, शक्ति, सुन्दरताका पछाडि दौडिएकै छ ।
प्रेममा गहिरो अनुभूति हुन्छ, महसुस हुन्छ
तिमी प्रेमलाई केवल छुन खोज्छौ
हुन त शरीर छुनु र प्रेमलाई छुनुमा फरक नै छ
हराउँदै जान्छन् पुराना बाटाहरू
भत्किन्छन् चौतारी
मूलबाटोलाई त सडकले निल्छ
यायावरलाई बाटो नै प्यारो लाग्छ
के प्रेमको पनि उचाई हुन्छ ?
गन्तव्य पुगेर झर्नलाई ?
प्रेमका नाममा अनेकन हर्कत् हुन्छन्
दुखाउछन्, भड्काउछन्, रुवाउछन् पनि
जे गर्दा मन दुखाउछ, जल्छ
प्रेम गर्ने मान्छे ले त्यो बुझेपछि कहिल्यै दोहोर्याउँदैनन्
जानी जानी प्रेमिको मन दुखाउनु
घाँउमा नुन र अमिलो हाल्नु जस्तै हो
छातीमा सिस्नोले हिर्काउनु जस्तै हो
निचोरिएको फूलको पत्ताको सुवास के होला र ?
दुखेर पनि नदुखेझै भइदिनु
रुझाएर परेली मुस्कान छरिदिनु
इमान्दार प्रेममा कमजोरी स्विकारिन्छ बरू
त्यो कुरा तिमी बुझ्दैनौँ
किनकि प्रेम सतहमा हैन्, गहिराइमा हुन्छ
उठ्ने बित्तिकै सम्झिनु
शुभ सपनीको कामना गरेरमात्र सुस्ताउनु
देख्न रहर गरिरहनु, भेट्न चाइरहनु
अनेकन सपना सुनाउनु
निमेषमा म्यासेजको प्रतिक्षा गर्नु
यी रुमानी सम्झनाले कथाको आकार लिएका छन्
मिठो खादै गर्दा, राम्रो ठाँउ पुग्दै गर्दा
आँखा अघि तस्वीर झल्किन्छ
हुन त प्रेमको बदला प्रेमले तिरेको पाउन कठिन छ
विद्रोह प्रेममा हैन, अन्यायमा उपयुक्त हुन्छ
बाधाहरू छन्
बाध्यताहरू हुन्छन् पनि
सुन्दर फूल र्हेदा त काँडाले के नै पो गर्छ र
गन्तव्य व्यक्ति पिच्छे फरक होलान्
आखिर परिस्थितिको दास बनिन्छ नै
आफैँले हिँडाएको यात्री
फाँट पुग्ला या अक्कर
ख्याल गर्नेहरू प्रेमी बन्छन्
केवल आफ्नो अनुकुल सोच्नेहरू के बन्छन्, समयको सवाल
गल्तीबाट सिक्न चाहान्छु
रहरहरू त भत्किएकै छन्
झरीको सौन्दर्य खोज्नेहरू होलान्
हामी आतंक देख्छौँ
कतिले प्रेमको पागलपन भन्लान
हजुरको निम्ती अपराधी हुन पनि तयार छु
निरमिस हुन सकिएला नसकिएला
तर प्रेमिल सतिसाल हुन सक्छु ।
कटाएका अनिँदा रातहरू
एउटा म्याजेका लागि गरिएका कुर्वानी
भोगाईका दर्दयुक्त अनुराग लेख्न न शब्द भेटिन्छ नै
बरू दुखाउनेकै खुसीका लागि मौनता रोजिन्छ भन्छन्
त्यसो त हास्नु र खुसी हुनुमा धेरै फरक छ
पटक–पटक कठोर बनाउन प्रयास गर्दै गर्दा पनि
आफ्नै मनसँग पनि हारिन्छ बेजोडले
दुनियाँलाई ढाट्न खोजेर के गर्नु
आफ्नै मनलाई ढाट्न सकिन्न साथी
सल्ला सुसाउने गाँउमा
डुलिरहेका पैताला र हावाले उडाएका रूखका पत्ताहरू
रहर, चाहाना र समयको सवाल
उसो त आफूले आफैँलाई फकाउन गाह्रो
छिचोल्दै कहरका ढुंगा, ओडार र भिर
कहानी दिल खोलेर सुनाउन झन् गाह्राे
भागौँ धेरै कठिन्
जम्न धेरै कठिन
अनुत्तरित प्रश्नहरू बजनले थिचिएको छ वर्तमान
तारा नआोर्लिएसम्मको विवशता
सूर्योदय नहुँदासम्मको छटपटाहट
हुन त टल्किने सबै वस्तु हिरा हुँदैनन्
आकाश छुने, क्षितिज भेट्ने यी त भुलभुलैया हुन्
नदीलाई पनि दुई किनार जोडेको भ्रम हुन सक्छ
कति कुरा भन्नै पर्छ भन्ने पनि त छैन्
आँखाका भाकाहरूले पनि त बुझिन्छ, मनको चाहा
संगतले पनि बुझिन्छ नि दर्दको कथा
हुन त हजुरको खुसीको लागि
हजुरले चाहेजस्तै बन्न खोज्दै हिँडेको फकिर
भन्छन् नि टाढा बसेर हेर्नु नै जाती
नजिकबाट त चन्द्रमामा पनि दाग देख्न सकिन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...