यो भूमण्डलबाट हराएर जाने छैन
मानिसको रगतको टाटो लागेको अक्षर
सत्ताका भाटहरूले बोकेर लाने छैनन्
पुस्तकालय, म्युजियम र संग्रहालय
अथवा संविधान ।

पानीको दहमा ढुंगाको छाल झैँ
हराएर जाने छैन
पानीमा लेखिएको अक्षर झैँ
क्रान्तिको अनुहार
आगो हाम्रो पिठ्यूँमा छ
सम्मुख हुनेछ कुनै दिन
मलाई थाहा छैन

म कुन देशमा के खोजिरहेछु ?
अमेरिकामा एसियन भएर
खोज्नुपर्ने काम कि स्वतन्त्र उन्मुक्त सास ?
कि गर्नुपर्ने डलर-परिश्रम
देश बिर्सेर खानुपर्ने आफ्नो अंग ?
कि देश बिर्सेर मनाउनुपर्ने आफ्नै शरीरपतनको उत्सव ?

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

शैलेन्द्र साकार

लेखकबाट थप...

सम्बन्धित समाचार