Author

विपल घले रोङ्गो, कालिङपोङ निवासी युवा कवि हुन् । उनी कथा तथा कविता लेख्छन् । ऐना नामक म्यागजिनका सम्पादक घलेका लेखनी थुप्रै पत्रपत्रिका तथा अनलाइन पोर्टलमा प्रकाशित छन् ।                                                                  

Bipal Ghalay is a young poet who hails from a village named Rongo situated in Kalimpong. His focus is in short stories and poetry. He is also an editor of a magazine named Eainaa. His works are published in different daily papers, magazines and online portals.                                                                  

आऊ चिया पिऊँ

आऊ एक एक कप चिया पिऊँ
अनि गफिऊँ ।

आऊ सँगै होऊँ केहीक्षण
अनि सधैँभरिलाई जोडिऊँ ।

खोलभित्र लुकाएका तिमी 
आफैँलाई
उदाङ्गो बनाऊ मेरा सामु ।
म पनि
फुकाउँछु गाँठाहरू मनका
र सहज हुन चाहन्छु तिमी सामु ।

आफैँलाई विसञ्चो पारिरहेका 
घाउहरू देखाऊँ 
एकअर्कालाई ।
काँडा बिझेर रक्ताम्य बनेका 
पाउहरू देखाऊँ 
एकअर्कालाई ।

आऊ साझा गरौँ समय
साझा गरौँ पीडाहरू
साझा गरौँ खुशीहरू
साझा गरौँ संवेदनाहरू
साझा गरौँ भावनाहरू ।

तातो चिया पिएर
न्यानो बनाउँ यो भेट हाम्रो ।

एकै थोपा चिया नछाडि 
रित्याऊँ चिया कप ।

एक एक अतृप्त तृष्णा च्यापौँ
चियामा मिसिएको मायाको 
मिठास बोकौँ ।

थोरै चियाले पेट
अनि धेरै कुराहरूले मन भरौँ ।

अनि,
छुटिनअघि एउटा सेल्फि 
खिचिराखौँ
समयलाई फर्काउन त सकिन्न
यो क्षणलाई क्यामेरामा कैद 
गरिराखौँ ।

 

 

 

 

 

 

 

Let's drink tea
 
Let's have a cup of tea each
and talk
 
come let us be together for a
while
and get connected for ever
 
you hidden within some cover
expose in front of me
I will also untie the knots of
heart
and want to be comfortable
in front of you
 
let us show each other the
wounds
making us ill
Let us show each other the
legs
that has been covered with
blood due to thorns...
 
Come let's share time
share the griefs
share the joys
share our sympathy
share our emotions
 
drinking hot tea
let's make this meeting warm
 
Let's finish our tea cups
without leaving a drop
 
Let's quench this insatiable desire
and carry the sweetness of
love mixed in tea
 
Let's Fill stomach with less tea
and
heart with lots of talk...
 
and
before departing let's click a
selfie
we can't turn the time back
let's capture this moment in
camera.
 
(Translated by: Ismael Subba, Darjiling)
 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...