काठमाडाैँ - 'खुल्ला नेपाली गजल प्रतियोगिता २०७८'को नतिजा सार्वजनिक गरिएको छ । माेरङ स्थित उर्लाबारी गजल मञ्चले आयोजना गरेको कार्यक्रम भर्चुअल माध्यम मार्फत भब्यताका साथा सम्पन्न भएको हाे ।
प्रतियोगितामा देबघाटका गौतम मनिष प्रथम, लमजुङका प्रमाेद थापा द्वितिय र राेमेनिया रहदै आएका दाेलखाका जगत बहादुर खड्का तेस्राे भएका छन् । गजलकार रबि प्राञ्जल, लोकेन्द्र बञ्जरा र संगीता थापा प्रमुख निर्णायक रहि उत्कृष्ट २० गजल बाट उत्कृष्ट तिन छनाेट गरीएकाे निर्णायक संगीता थापाले जानकारी दिए ।
प्रथम हुनेलाइ जनही ३० हजार, दाेस्राे हुनेलाइ २० हजार र तेस्राे हुनेलाइ १५ हजार रकम बैंक खातामा जम्मा गरीदिने ब्यवस्था रहेकाे र प्रमाण पत्र भने जिमेल गरीइ सकेकाे आयाेजक समितीले जानाएकाे छ ।
गजलकार बुँद राना को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गजल मञ्चका कार्यकारी सदस्य मन्जुल मितेरीले कार्यक्रम माथी प्रकाश पार्दै स्वागत मन्तब्य राखेका थिए ।
यस्तै उर्लाबारिका मेयर खड्ग बहादुर फागो, साहित्यकार/निर्देशक प्रकाश आङदेम्बे,नेपाली साहित्य समाज उर्लाबारी अध्यक्ष मिश्र बैजन्ती, उर्लाबारी गजल मञ्चका सल्लाहकार/समाजसेवी जयधन आचार्य, मान बहादुर श्रेष्ठ, सचिन शाक्य लगायतकाे विशेष आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रमको संचालन अनेसास जापन च्याप्टरका महासचिव रबिन शर्माले गरेका थिए । संस्थाको अध्यक्ष निर्मल कुलुङ को सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
२०६२ सालमा स्थापना भएको यस गजल मञ्चले नेपाली गजलको क्षेत्रमा स्थापनाकाल देखिनै बिबिध कार्यक्रम गर्दै आइरहेको छ।
बिजयी गजलहरु
१.गौतम मनिष(देबघाट)
अल्झिन्छ कर्कलामा शोभादिएर जान्छ ।
तातो फलाम छोए एक बुँदूखेर जान्छ ।
ढुङ्गाको मन पढेकी आमा अचम्ममा छिन
घुन सुमसुम्याइ जाँतो, बिस्कुन पिसेर जान्छ ।
छोप्दो रहेछ कल्ले अनुपम कला शिलामा
मेरो छिनोले केवल ढक्कन फुटेर जान्छ।
घर बन्नु खानुलाइ के प्राप्ती ठान्छ मान्छे
गुँडमा हुने चराले खिस्सी गरेर जान्छ ।
क्या मीठो भ्रम दिलाइ बाँछ भन्छ भित्तेपात्रो
रबिबारमै अँध्यारो जीवन छिडेर जान्छ ।
२. प्रमोद थापा(लमजुङ)
तिमी एक्लै नजाउ ए ठुली, मार्छ
पिपासुले कतै बाटो ढुकि मार्छ ।
उ साथी हैन तिम्रो एक दुश्मन हो
जो तिम्रै सामु अन्तै साउती मार्छ ।
नदेखाउ भयो भो ठुल्ठुला सपना
दुखी सानै खुशिमा बुर्कुसी मार्छ ।
जमाना उल्टियो उल्टा भए मान्छे
अचेल कस्ले पो गुनले बैगुनी मार्छ।
लगाए हुन्छ त्यस्तो रितमा आगो
जहाँ नानिहरुलाइ छुइ मार्छ ।
उसैलाइ बनायो घारको रक्षक
झिँगा पालेर जसले माहुरी मार्छ ।
३ जगतबहादुर खड्का(राेमेनिया)
कतै तौलिनु नाप्नुको सार हुन्न ।
यो माया हो मायाको आकार हुन्न ।
ज९जस्ले तताउन पिटुन धार लाउन
कलम हर कलम हुन्छ तरवार हुन्न ।
बरु टुक्रेला भाँचिएला अलग हो
शिला आगो पिएर अंगार हुन्न ।
भनू खै म कसोरी के के भो शहरमा
मेरो गाँउमा घर छ अखबार हुन्न ।
बगुन्जेल सम्म नदिले नदि भै
किनाराको ढुङ्गो नदि पार हुन्न ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...